काठमाडौं – नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशमा आर्थिक र सामाजिक रुपान्तरणको काम अझै बाँकी रहेको बताएका छन् । उनले राजनीतिक परिवर्तनले देशमा संविधान जारी भएर संघीयता कार्यान्वयनको चरणमा पुगे पनि आर्थिक र सामाजिक रुपान्तरण भने अझै बाँकी रहेको बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सल्यानले शनिबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन । ‘राजनीतिक क्रान्ति पूरा भएको छ तर आर्थिक, सामाजिक रुपान्तरणको क्रान्ति अझै बाँकी नै छ, हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढेका छौं’
उनले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताए । पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष विमला केसी, जिल्ला इञ्चार्ज नरेश भण्डारी, जिल्ला समन्वय समितिका उपप्रमुख असवीर बुढाथोकी, पार्टीका जिल्ला संयोजक कृति बहादुर पुनलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया