काठमाडौं – मध्यपहाडि लोकमार्गको यात्रामा हिंडेका एमाले अध्यक्ष केपी ओलीले सरकारमाथि विभिन्न गम्भीर आरोपहरु लगाएका छन् । उनले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उत्तरी छिमेकी मुलक चीनसँग कुनैपनि खालको सहयोग लिन नपर्ने रणनीतिमा लागेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले दैलेखमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै चीनको सहयोगभन्दा पनि अरुसँग डराएर उत्तरको सहयोग लिनबाट पन्छिएको धारणा राखेका छन् ।
एमालेले मध्यपहाडी लोकमार्ग हुँदै बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ यात्राका क्रममा आज दैलेखमा सन्देश सभाको आयोजना गरेको हो । उनका अनुसार चीनले नेपालको विकासको निम्ति विभिन्न खालका सहयोगको प्रस्ताव गरेको तर वर्तमान सरकार पछि हटेको छ ।
प्रतिक्रिया