काठमाडौँ - नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रा. लि. ले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको “यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” योजनाको विजेताहरुको घोषणा भएको छ ।२०८० साल मंसिर १८ गते सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरिएको लक्की ड्र मार्फत बिजेताले प्रथम पुरस्कार स्वरूप Hisense Multi Door Fridge प्राप्त गरेका छन् ।साथै सोही लक्की ड्र मार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा Hisense 50 inches TV रहेको छ भने तेस्रो पुरस्कारमा Induction, heater / water hot pot रहेको छ ।
यस अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा क्ष्लमगअतष्यल, जभबतभच र धबतभच जयत उयत प्राप्त गरेका छन् । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दुघको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । उक्त कार्यक्रमको संचालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले गर्नुभएको थियो । उक्त कार्यक्रममा अतिथिका रुपमा रतन लाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति रहेको थियो । उहाँहरूले सीतारामको तर्फबाट सबै विजेताहरूलाई बधाई पनि ज्ञापन गर्नुभयो ।
उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहक वर्ग माझ एक विशिष्ट पहिचान बनाएको सीतारामले नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि “यसपालि सीता रामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” नारा सहित यो योजना जारी गरेको थियो । यस योजना अन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा सोमबारका विजेता घोषणा भएका हुन् ।
सीताराम गोकुल मिल्क्स प्रा. लि.ले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ् मा पनि उपलब्ध गराइन्छन् ।
प्रतिक्रिया