स्विकार गरे गर्लफ्रेण्ड नत्र 'अप्रिलफुल'

सोमबार, १८ चैत्र २०७५, १५ : ०३

(कन्चुस चंखे र उसकी पत्नी प्याकुली )

प्याकुली : सुन्नु न, आज राती मैले एउटा सपना देखें नि

चंखे : अँ , के देख्यौ सपनामा भन त ?

प्याकुली : हामी दुबैजना बसमा यात्रा गरिरहेका थियौं । अचानक बस नदीमा डुबेपछि म आत्तिई रहेकी थिएँ, तपाईँ चिच्याउदै कसैलाई बोलाँउदै ,खोजिरहनु भएको थियो ।

चंखे : ‘ए, शायद म तिमीलाई नै खोज्दै अनि बोलाउँदै थिएँ हो ?’

प्याकुली : ‘होइन, बसको कण्डक्टरलाई, “मेरो तिन रुपैयाँ फिर्ता नदिई कहाँ गइस् भन्दै हुनुहुन्थ्यो !’

सुरेश : (आफ्नो साथी नितेशसँग) ‘नितेश, गर्लफ्रेण्डलाई प्रपोजको उपयुक्त दिन अप्रिलको पहिलो दिन नै रहेछ यार !’

नितेश : किन र सुरेश ?

सुरेश : ‘स्विकार गरे गर्लफ्रेण्ड नत्र अप्रिलफुल !’

सोमबार, १८ चैत्र २०७५, १५ : ०३

प्रतिक्रिया