महानगरभित्र प्लास्टिकका बिरुवा तथा रुख प्रयोग गर्न रोक

शनिबार, २३ मंसिर २०८०, ०८ : ३९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।

वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले  जानकारी दिएका छन् । 

तिहारमा प्लास्टिकका फूल माला बिक्री वितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ । यसै गरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।
 

शनिबार, २३ मंसिर २०८०, ०८ : ३९

प्रतिक्रिया