अस्पतालले मृत घोषणा गरेर पठाएको मान्छे , कात्रोमा राख्ने बेला ज्युँदै भेटिए

घरमा ल्याएको १५ घण्टापछि अन्तिम संस्कारका बेला ज्युँदै भेटिएपछि मलामी चकित भएका हुन

सोमबार, २५ मंसिर २०८०, ०८ : ३०

काठमाडौँ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेर परिवारलाई जिम्मा लाएको एक व्यक्ति १५ घण्टापछि ज्यूँदै भएको थाहा पाएपछि आश्चर्य भएको छ । 

सुनसरी जिल्लाको इनरुवा ३ घर भएका ४५ वर्षीय प्रताप सदालाई विराटनगरस्थित मेट्रो न्युरो अस्पतालका चिकित्सकले शनिवार मृत घोषणा गरेको एक स्थानीय बासीले जानकारी दिए । अस्पतालले परिवारलाई जिम्मा दिएपछि परिवारले घरमा ल्याएर राखेको १५ घण्टापछि अन्तिम संस्कारका बेला ज्युँदै भेटिएपछि मलामी जान तयार भएका र परिवारका सदस्यहरू आश्चर्यचकित भएका हुन्।

हिजो आइतबारका दिन अपराह्न दाहसंस्कार गर्न लैजाने तयारी गर्दा ज्युँदै भेटिएपछि वरपरका छिमेकीहरू आश्चर्य चकित परेर प्रताप सदालाई हेर्नेहरूको भिड लागेको छ ।  यता विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले भने बिरामीको मृत्यु भएको कुरा सत्य नभएको डेथ सर्टिफिकेट नदिएको दाबी गरेको भए पनि आधिकारिक जानकारी दिन अन्कनाएको । आजको अर्थले पटक पटक सम्पर्क गर्दा समेत सम्बन्धित व्यक्ति नभएको अस्पतालले जनाएको छ । 

शनिवार मृत्यु भएका भनिएका सदालाई आइतबार बिहान शव घर पुर्‍याएर दाह संस्कार गर्न बाँसको खटमा राख्ने क्रममा सास फेरेको जस्तो लागेपछि हेर्दा जीवितै भेटिएको स्थानीय बासीले बताएका छन् ।  उपचारका लागी मङ्सिर २३ गते प्रताप सदालाई न्युरो अस्पतालमा बिहान १०ः३० बजे इमरजेन्सीमा भर्ना गरिएको थियो ।

उपचार गर्दागर्दै शनिवार नै निधन भएको सूचना दियो । तर, लाश दिन मानेन । उनको उपचार बापत ५० हजार रुपैयाँ खर्च भएको भन्दै सो रकम नदिएसम्म शव नदिने भन्दै शव गृहमा राखियो । गरिब परिवारका प्रताप सदाको शव घर ल्याउन ५० हजार रुपैयाँ थिएन ।

स्थानीयका अनुसार छिमेकीले चन्दा उठाएर ५० हजार रुपैयाँ जम्मा गरेर हिजो आइतबार बिहान अस्पतालमा बुझाएर शव घर ल्याइएको थियो ।आइतबार घर ल्याएर दाहसंस्कार गर्न विधि सुरु गरी बाँसको खटमा राखेपछि मलामीहरू आश्चर्य भएका थिए । यस विषयमा अस्पतालले आज केही बेरमा पत्रकार सम्मेलन गर्ने समेत सूचना दिएको छ ।

सोमबार, २५ मंसिर २०८०, ०८ : ३०

प्रतिक्रिया