काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका हुन् । देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानित नागरिकका रूपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको उनको भनाई थियो ।
उनले ढुवानी व्यवस्था प्रभावकारी हुन नसके वितरण प्रणालीमा नै असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा कुनै विवाद नरहेको धारणा राखे । उनले बजेट निर्माणका सन्दर्भमा व्यवसायीहरूको सुझावलाई महत्वका साथ आफूले हेरेको जिकिर गरे ।
प्रतिक्रिया