काठमाडौं । यस साता नेप्से परिसूचक साढे ७ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ।
गत साता अन्तिम कारोबारको दिन १८५२.७७ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.६६ प्रतिशत अर्थात १४१.८३ अंक बढेर १९९४.६० विन्दुमा पुगेको छ। यस साताको पहिलो कारोबार दिन नेप्से ६ प्रतिशत बढेर सर्किट ब्रेक लागेर नियमित कारोबारको समय अवधिभन्दा अगावै बन्द भएको थियो।
यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन बजार घटेर बन्द भएको थियो भने ४ कारोबार दिन बजार बढेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ६.८४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ७.४७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.२० प्रतिशत बढेको छ।
यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब ५३ करोडको शेयर कारोबार भइरहेको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ३४ करोडको शेयर खरिदबिक्री भएको छ।
गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ११८.३२ प्रतिशत बढी हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ९८.८६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७४.२० प्रतिशत बढेको छ।
प्रतिक्रिया