काठमाडौँ – हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले आफूले महानायक राजेश हमालको अनुहारमा बाघ देखेको बताएका छन् ।
हालै अभिनेता हमालले सञ्चालन गरेको ‘को बन्छ करोडपति ?’ कार्यक्रममा भाग लिएका पाँडेले हट सिटमा बसेर हमालतिर हेर्दा बाघ देखेको बताएका हुन् ।
उनले भने, ‘जब म हट सिटमा बसे । सो समय ५ पटक जति राजेश दाईलाई बाघ देखे ।’
अर्को कलाकार कुमार कट्टेल ‘जिग्री’ भने हट सिटमा बसेपछि आफ्नै नाम समेत बिर्सिएको बताए । हाँस्य टेलिसिरियल ‘भद्रगोल’का लोकप्रिय कलाकार कुमार र अर्जुन साताको को बन्छ करोडपती सेटमा पुगेका हुन् ।
धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले ‘को बन्छ करोडपती ?’ को खेल खेलेको कुमारले खुलाए । रंगाशाला निर्माणको लागि यो युनिटले कलेज अभियानदेखि लिएर विभिन्न शोहरु समेत गरिरहेको छ ।
प्रतिक्रिया