काठमाडौं – माओवादी केन्द्रका नेता समेत रहेका सांसद हितराज पाण्डेको नेतृत्वमा चीन गएको १९ सदस्यीय संसदीय टोली हिजो साँझ स्वदेश फर्केको छ ।
चीनको राजधानी बेइजिङमा आयोजित सेमिनारमा सहभागी भएर नेपाली प्रतिनिधिमण्डल स्वदेश फर्केको हो।
डिसेम्बर २० देखि २९ तारिखसम्म आयोजित द्विपक्षीय सम्मेलनमा सहभागी हुन १६ जना माननीय र तीन जना संसद सचिवालयका कर्मचारी त्यहाँ गएका थिए । सासदहरुको टोली चाइना इस्टर्नको उडानबाट साँझ साँढे ६ बजे काठमाडौं आइपुगेको हो ।
प्रतिक्रिया