पशुपति क्षेत्र विकास कोषको बहाल व्यवस्थापन मस्यौदा तयार

३ महिना अगाडि

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले बहाल व्यवस्थापन मस्यौदा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा रहेको ६ सदस्य मस्यौदा समितिले बहाल व्यवस्थापन मस्यौदा तयार गरेर बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीलाई बुझाएको हो ।

प्रस्तावित मस्यौदा मन्त्रीलाई बुझाउँदै समितिले बहाल व्यवस्थापन कार्यविधि बनाएर कोषको आम्दानी वृद्धि गर्ने जनाएको छ ।  यसअघि कार्यविधि नबन्दा कोषको अचल सम्पति कौडीको मूल्यमा प्रयोग हुँदै आएको छ । प्रस्तावित मस्यौदा बुझ्दै मन्त्री किरातीले सो अध्ययन गरेर छिट्टै कार्यन्वयनमा लैजाने बताए ।

३ महिना अगाडि

प्रतिक्रिया