नेपाल र भारत बीच विद्युत व्यापार सम्झौता

४ महिना अगाडि

काठमाडौँ - नेपाल र भारत बीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।बिहीबार  सिंहदरबारमा  परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको हो ।सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट (मेवा) विद्युत् निर्यातको बाटो खुल्नेछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नै काठमाण्डौ आइपुगेका छन् ।

कहिले कति मेगावाट र कति मूल्यमा खरिदबिक्री गर्ने भन्ने लगायतका विषयको सम्झौता भने पछि हुँदै जाने बताइएको छ । यो सम्झौताले नेपालमा उत्पादित विद्युत् भारतीय बजारमा सुनिश्चित गर्नेछ ।

नेपाल सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाएको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य छ ।

४ महिना अगाडि

प्रतिक्रिया