आँखुखोला जलविद्युतको साधारण सभा सम्पन्न

शुक्रबार, २० पुस २०८०, १७ : ०१

काठमाडौँ - आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

कम्पनीको १६ औं वार्षिक साधारण सभा अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । 

 सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ । 

शुक्रबार, २० पुस २०८०, १७ : ०१

प्रतिक्रिया