राष्ट्रियसभामा सिट बाँडफाँड गर्न गठबन्धनको ‘निर्णायक’ बैठक सुरु

शनिबार, २१ पुस २०८०, ०९ : १५

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनबारे निर्णायक वार्ता गर्न आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। राष्ट्रिय सभाका रिक्त हुन लागेको १९ सिट बाँडफाँडका लागि बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्णायक बैठक सुरु भएको छ ।

राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको बताइएको छ । एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो । एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

शनिबार, २१ पुस २०८०, ०९ : १५

प्रतिक्रिया