राष्ट्रिय सभामा माओवादीले कसलाई लग्दैछ ?

आइतबार, २२ पुस २०८०, १५ : ३२

काठमाडौँ – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका ६ सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो । माओवादीले गठबन्धनबाट ६ वटा सिटमा भाग पाएको हो ।
माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि नाम टुंगो लगाएको हो ।
राष्ट्रिय सभामा रिक्त हुने  २० मध्ये १९ पदका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन भने माघ ११ गते हुनेछ । 

आइतबार, २२ पुस २०८०, १५ : ३२

प्रतिक्रिया