राष्ट्रियसभा निर्वाचनः आज र भोलि दाबीविरोध, दुई उम्मेद्वारविरुद्ध उजुरी

बुधबार, २५ पुस २०८०, ०८ : ५४

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत (आज र भोलि) बुधवार र बिहीबारका दिन दाबी विरोध र उजुरीउपर छानबिन हुने कार्यपालिका रहेको छ । मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध (हिजो) मङ्गलवार दाबी विरोध र उजुरी दिने कार्यपालिका थियो ।

मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबी विरोध र उजुरीमाथि आज र भोलि छानबिन गरिने छ । यसैबिच, दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विश्वकर्माविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको दाबी गरेका छन्। कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार बिक विरुद्ध भने एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्द सूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।

उजुरीविरुद्ध आज र भोलि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ। २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र त्यसपछि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने छ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यपालिका रहेको निर्वाचन आयोगको भनाई छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यसूची तय गरिएको छ ।  विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

बुधबार, २५ पुस २०८०, ०८ : ५४

प्रतिक्रिया