२० वर्षपछि एकसाथ देखिदै

शुक्रबार, २२ चैत्र २०७५, १४ : ४०

भारतीय चर्चित अभिनेता अमिताभ बच्चन र अभिनेत्री राम्या कृष्णन २० वर्षपछि एकपटक फेरि एकसाथ देखिने भएका छन् ।

यो जोडीलाई पछिल्लोपटक सन् १९९८ मा आएको कमेडी फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा देखिएको थियो । उनीहरुले तामिल फिल्म ‘उयर्नथा मनिथन’मा सँगै काम गर्न लागेका हुन् ।

२०१८ मा घोषणा भएको फिल्मको लागि अमिताभले ३५ दिन छुट्याएका छन् ।

अमिताभले यसै चलचित्रमार्फत तमिल फिल्ममा डेब्युसमेत गर्दैछन् । तमिल र हिन्दी भाषामा बन्ने फिल्मलाई तमिलवानले निर्देशन गर्दैछन । फिल्ममा अमिताभको मुख्य भूमिका रहेको भारतीय अनलाईनले लेखेको छ ।
 

शुक्रबार, २२ चैत्र २०७५, १४ : ४०

प्रतिक्रिया