काठमाडौं–नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समितिको बैठकमा राखेको प्रस्तावले पार्टी पंक्तिमा ठूलै तरंग सिर्जना गरेको छ । उनले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका छन्। शर्माको प्रस्तावलाई पुरक प्रस्तावको रुपमा लिइएको छ ।
यस्तो रहेको छ शर्माले गरेको प्रस्ताव :
( पार्टीको प्रदेश अध्यक्ष केन्द्रिय समितिको (पोलिट ब्युरो) बैठकमा उपस्थित हुन पाउने
व्यवस्था विधानमा राख्ने।
(सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने।
( सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने।
( पार्टीको नाम : नेकपा (समाजवादी) राख्नु पर्ने।
( जबस सम्बन्धी नीति : पार्टीको मार्ग दर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढिकरण, परिचालन, पेशागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने।
( जबस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने।
( सरकार संचालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने।
( जिल्ला समितिको कार्यक्षेत्र : वैचारिक राजनैतिक/संगठन निर्माण, सुदृढिकरण तथा परिचालन/आर्थिक उत्पादन रोजगारी/विकास निर्माण र सरकार सम्बन्धी काम/सामाजिक सांस्कृतिक रुपान्तरण एवम् सामाजिक न्याय/अनुगमन र मूल्याङ्कन हुनुपर्ने।
प्रतिक्रिया