गोरखाको धार्चेमा २ मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने, वाणिज्य बैंकले गर्ने भयो २५ करोड लगानी

४ बर्ष अगाडि

काठमाडौं– गोरखामा २ मेगावाट क्षमताको माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

सो आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले रु  २५ करोड लगानी गर्ने निर्णय गरेको छ ।

वित्तीय व्यवस्थापनबारे बैंक र आयोजना प्रवद्र्धकबीचसम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र आयोजनाका तर्फबाट आनन्द प्रधानले हस्ताक्षर गरेका छन् ।

आरुघाट र धार्चे गाउँपालिकामा निर्माणाधीन आयोजनाको लागत रु ३६ करोड ९२ लाख अनुमान गरिएको छ ।

बैंकले १०.२८ प्रतिशत वार्षिक ब्याजमा गरेको लगानी १४ वर्षमा फिर्ता गर्ने सहमति भएको छ ।

वार्षिक १ करोड ५ लाख ६० हजार युनिट विद्युत उत्पादन हुने आयोजनाको प्रतिमेगावाट लागत रु १८ करोड ४६ लाख तोकिएको छ ।

आयोजनामा ६७.७१ प्रतिशत ऋण र ३२.२९ प्रतिशत स्वपुँजी लगानी हुनेछ । अहिलेसम्म स्वपुँजीबाटै काम भइरहेको जनाइएको छ । आयोजनाबाट करिब १४ प्रतिशत प्रतिफल आउने अध्ययनले देखाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया