प्रधानमन्त्री मोदी र इमरान खानको जम्काभेट !

जेठ २८, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको हवाई क्षेत्र भएर शङ्घाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन जान पाउने भएका छन् । सोमबार भारतले प्रधानमन्त्री मोदीको हवाई यात्रा सहज बनाउन पाकिस्तानसँग अपिल गरेको थियो । किर्गिस्तानको राजधानी विश्केकमा हुने सम्मेलन यही ३० र ३१ गतेदेखि सुरू हुने भएको हो । सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसमेत सहभागी हुने छन् ।

गत फेब्रेवरी २६ मा भारतीय सेनाले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेसँगै दुईबीच विवाद हुँदै आएको थियो । आक्रमणपछि पाकिस्तानले भारतीय जहाजका लागि सञ्चालन हुँदै आएको ११ हवाई मार्गमध्ये नौ मार्ग बन्द गरेको थियो । हवाई मार्ग बन्द भएकाले भारतीय प्रधानमन्त्री मोदी सम्मेलनमा भाग लिन जान अन्योल भएको थियो । जसका लागि भारतले पाकिस्तानलाई हवाई क्षेत्र खोल्न अपिल गरेको थियो ।

हवाई मार्ग सञ्चालन भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको सरकारले भारतको आग्रह स्वीकार गरेको जानकारी गराएको थियो । जसले मोदी चढेको विमान पाकिस्तानको हवाई क्षेत्र हुँदै विश्केक सम्मेलनमा जान पाउने भएको छ । औपचारिकता पूरी गर्न बाँकी हुँदै गर्दा भारत सरकारसमेत पाकिस्तानको आकाश भएर प्रधानमन्त्री मोदी सम्मेलनमा जाने जानकारी गराएको छ ।

भारतीय प्रधानमन्त्रीका लागि हवाई मार्ग खुला गरेसँगै पाकिस्तानले दुई देशबीच शान्ति वार्ता गर्न प्रस्ताव गर्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । वार्ता भए विवाद हुँदै आएको कश्मिर मुद्दाबारे दुई देशले छलफल गर्न सक्ने जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८