इमरान खानले भने: मोदीले कश्मीर सहित सबै मतभेदलाई हल गर्न प्रचण्ड जनादेशको उपयोग गर्नेछन्

४ बर्ष अगाडि

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबिचको  सम्बन्ध खराब तरिकाबाट चलिरहेको बताएका छन् । 

खानले रुसी समाचार एजेन्सी स्पुतनिकलाई एक अन्तरवार्ता दिदै भनेका छन्, एससीओ सम्मेलनमा दुई देशबिचको सम्बन्ध राम्रो बनाउनका लागि भारतीय नेतृत्वको साथ कुराकानी गर्न अवसर दिए । 

उनले आशा देखाउदै भनेका छन्, भारत र पाकिस्तानको भतभेद कश्मिरमा हो तर भारतीय समकक्ष नरेन्द्र मोदीले कश्मीर सहित सबै मतभेदलाई हल गर्न प्रचण्ड जनादेशको उपयोग गर्नेछन् । 

अहिले खान र मोदी दुइ दिवसीय संगठन एससीओ किर्गिाज गणराज्यको राजधानी बिश्केकमा छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया