जंगलमा महिलाको वीभत्स हत्या

४ बर्ष अगाडि

हेटौंडा – भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

उनको मृत्यु रहस्यमा रहेको स्थानीयको भनाइ छ । शुक्रबार विहान करिब ७ बजे एक स्थानीयले भैरवडाँडाको पाथीभरा मन्दिरनजिक रुखमा आड लागेको अबस्थामा शव देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो । घटनास्थल पाथीभरा मन्दिर जाने सिंढीको बाटोबाट करिब २० मिटर तल पर्छ ।

घटनास्थललाई सिल गरेर अनुसन्धान सुरु गरिसकिएको छ । घटना र घटनास्थलको प्रकृति हेर्दा उनको ढुंगाले हानेर हत्या गरेर २० मिटर तल फ्याँकिएको पाइएको छ । शव सालको रुखमा अल्झिएको अबस्थामा छ ।

घटनास्थल वरपर खप्परका हड्डी फुटेको र गिदी छरपष्ट अबस्थामा पाइएको छ । रगत लागेका ढुंगा र मृतकको लुगा रगतले भिजेको छ भने कपाल च्याप्न प्रयोग भएको काँटा टुक्राटुक्रा अबस्थामा छरिएको पाइएको छ । घटनास्थल हेर्दा उनलाई हत्या गरेर फ्याँकिएको देखिएको छ ।नेपाल समाचारपत्रमा खबर छ । 

करिब २५ वर्षकी तराईमूलकी देखिने मृतकको पहिचान खुलेको छैन ।हरीले कुकुर प्रयोग गरी अभियुक्त खोजी थालनी गरेको छ । प्रहरी उपरीक्षक सिंहले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

४ बर्ष अगाडि

प्रतिक्रिया