प्रदेश १ को प्रदेशसभा भवन डुबानमा

४ बर्ष अगाडि

विराटनगर – भारी वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन डुबानमा परेको छ । 

वर्षाका कारण प्रदेशसभा भवन बाहेक विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । 

सामान्य वर्षामा पनि हज भरिएर बैठक कक्षभित्रको शौचालयबाट पानी निस्कने गरेको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । 

वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ । ढलको निकास नगरी सडक उच्च बनाइएका कारण अस्पताल परिसर जलमग्न बनेको हो । नालाको पानी अस्पताल परिसरमा रहेको औषधि पसल, प्रशासनिक भवनमा पसेपछि समस्या भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया