माछापुच्छ्रे बैंकले तीन अर्बको ऋणपत्र बिक्री गर्दै

४ बर्ष अगाडि

काठमाडौं – माछापुच्छ्रे बैंकले यही साउन ६ गतेदेखि रु ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज दिने ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।

विसं २०८५ मा ऋणपत्र परिपक्व हुने बैंकले जनाएको छ । ऋणपत्रको अंकित मूल्य रु १ हजार छ ।  न्युनतम २५ देखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म आवेदन दिन पाइने बंकले नाएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रबाट संकलन हुने पुँजीमध्ये रु २ अर्ब ४० करोड कर्जा सापटी, रु ३० करोड लगानी र रु १५ करोड शाखा विस्तारमा खर्च गर्ने बैङ्कले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया