हिरोइनको बोल्ड फोटोशूट देखेपछि फ्यानले भने ‘यस्तो कपडामा हेर्न सकिन्न’

४ बर्ष अगाडि

हैदराबाद – दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री राशी खन्नाले २०१४ मा फिल्मी संसारमा पाइला राखेकी थिइन् । आफ्नो दमदार अभिनयका कारण फ्यानको मनमा राज गर्ने राशी आफ्नो ग्ल्यामरस स्टाइलका कारण पनि चिनिन्छिन् । हालै राशीले स्टाइलिस स्विमसुटमा हट फोटोशूट गराएकी छिन् । राशीका फोटोहरु सामाजिक संजालमा छाएका छन् ।

फोटोमा राशीको बोल्ड रुप देखिएको छ । फोटोशूटका तस्वीरमा राशीले पीच रंगको स्विमसुटको साथमा फ्लोरल नेटको बडी कभर लगाएकी छिन् । राशीका यी फोटोमा मिश्रित प्रतिक्रिया आएका छन् । केही फ्यानलाई यी फोटो निकै मन परेका छन् भने केहीले राशीलाई यता कपडा नलगाउन सुझाव दिएका छन् । केही फ्यानले आफूले यस्तो कपडामा हेर्न नसक्ने भनेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया