नेपालमै बन्यो विद्युतीय कार, दशैंपछि काठमाडौं आउने

४ बर्ष अगाडि

नेपालमै पहिलोपटक विद्युतीय कार उत्पादन भएको छ ।

विराटनगरमा रहेको नेपालको पहिलो गाडी उत्पादक कम्पनी हुलास मोटर्सले देशभित्रै पहिलोपटक कार उत्पादन गरी परिक्षण सुरु गरेको हो । 

कम्पनीले उत्पादन गरेको  ‘दा भिन्ची’ ब्राण्डको इलेक्ट्रीक कार दशैंलगत्तै काठमाडौं ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । 

नेपालको मध्यम वर्ग लक्षित गरेर निर्माण गरिएको इलेक्ट्रीक कार निकै सुन्दर कम्प्याक्ट र वातानकुलीत (एसी) को व्यवस्था समेत रहेको छ । 

गियर नभएको उक्त कार प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने र  २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने रहेको छ ।

एक पटक व्याट्री पूरा चार्ज गरेपछि १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ । 

आधुनिक फिचर दिइएको कारमा पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टमजस्ता फिचर छन् । 

कारमा रियर क्यामरा र रियस सेन्सर, ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । 

पालको सडकलाई मिल्ने गरी १ सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कार नेपालको सडकमा उत्कृष्ट रहेको कम्पनीको दावी छ । 

पाँच जना यात्रुको बस्ने सीट रहेको कारको मूल्य १५ देखि २० लाख भित्रै रहने कम्पनीले जनाएको छ ।

हुलास मोटर्सले यसअघि मुस्ताङ गाडी उत्पादन गरेपिन २०६९ सालमा नेपाल इमिशन स्टायडर्ड ३ लागू भएसँगै उत्पादन बन्द भएको थियो । 

अहिले पनि र उक्त कम्पनीले विद्युतीय रीक्सा उत्पादन गरिरहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया