यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला

असोज १७, २०७६ | आजको अर्थ
ajaako_artha

मुम्बई – विश्वका सबैभन्दा सुन्दर महिलाको जानकारी लिने उत्सुकता जोकेहीमा पनि हुने गर्छ । ती महिला कहाँ छिन् ? कुन देशमा छिन् ? कस्ती होलिन् ? भन्ने सधैँ खोजको विषय रहेको छ । आज हामीले विश्वका १० सुन्दर महिला यहाँ प्रस्तुत गर्न खोजेका छौँ । जसको रूप देखेर धेरैको होस उड्न सक्छ ।

सेलेना गोमेज : गायिका, मोडल र अभिनेत्रीका रूपमा चिनिएकी गोमेज अमेरिकाकी बाँसिन्दा हुन् । उनी विश्वका सुन्दर महिलामध्ये एक हुन् ।

लिजा सोबेरानो : लिजा फिलिपिन्सकी सुन्दरी हुन् । उनको नाम पनि विश्वका सुन्दर महिलाको सूचीको दोस्रो नम्बरमा छ । लिजाले कैयाँै हलिउड चलचित्रमा पनि काम गरेकी छन् ।

क्वेइन जिन–आह : दक्षिण कोरियाकी बासिन्दा क्वेइन जिन स्टेज नाम नाना हो । उनी यही नामले चिनिने गरेकी छन् । उनी चलचित्रको अलवा टिभी सिरियल अभिनयबाट दर्शकमा लोकप्रिय छिन् ।

दीपिका पादुकोण :  विश्वका सबैभन्दा सुन्दर महिलाको सूचीमा दीपिकाको नाम चौथो स्थानमा पर्ने गरेको छ । बलिउड चलचित्रकी यी लोकप्रिय अभिनेत्री हुन् ।

पिक्सी लोट :   पिक्सी लोट एक अङ्ग्रेजी गायिका हुन् । यूकेकी बासिन्दा पिक्कीका निकै लोकप्रिय अङ्ग्रेजी गीतहरू सार्वजनिक भएका छन् । गायनका माध्यमले उनी सबैतिर चिनिएकी छन् ।

एम्बर हर्ड :   एम्बर हर्ड अमेरिकाकी दोस्रो अर्की अभिनेत्री हुन् । जो सुन्दर अभिनेत्रीको दश सूचीमा पर्न सफल छिन् । उनी कैयौँ चर्चित म्यागजिनको फस्ट पेजमा समेत आएकी छन् ।

प्रियंका चोपडा : बलिउडकी चर्चित अभिनेत्री प्रियंका गायिका पनि हुन् । उनका गीतका केही एल्बम बाहिर आएका छन् । हलिउडका कैयाँै चलचित्रमा समेत अभिनय गर्न सफल प्रियंकाका लाखौँ प्रशंसक छन् ।

एन्ड्रियाना लिमा : ब्राजिलकी बासिन्दा लिमा सुन्दर महिलाको सूचीको आठ नम्बरमा परेकी छन् । विश्वकी सबैभन्दा महँगी अभिनेत्रीको सूचीमा लिमा दोस्रो नम्बरमा समेत परेकी छन् । यी अभिनेत्रीको एक महिनाको कमाई ९ मिलियन डलर रहेको छ ।

एमिलिया क्लार्क:  एमिलिया पनि यो सुन्दर दश अभिनेत्रीभित्र पर्न सफल छिन् । युकेकी बासिन्दा उनी गेम अफ थ्रोन्सनामको अमेरिकन सिरिजमा चर्चित छिन् ।

पिया वुर्जबच : पिया २०१५ की मिस युनिवर्स बिजेता हुन् । फिलिपिन्सी पिया सुपर मोडल पनि हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.८९११५.४९
European Euro१२४.३५१२५.००
UK Pound Sterling१४८.२२१४८.९९
Swiss Franc११७.२०११७.८१
Australian Dollar७५.८३७६.२३
Canadian Dollar८६.४२८६.८७
Singapore Dollar८१.९३८२.३५