माधुरी दीक्षितका जीवनका ७ ठूला गल्ती, ‘किस सिन’ ले निम्त्याएको त्यो विवाद

४ बर्ष अगाडि

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।

 त्यसै मध्ये बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितका पनि जीवनका यस्ता गल्तीहरु छन् जसले उनलाई निकै नै पश्चाताप गराएको थियो । र ती गल्तीका कारण विवादमा समेत मुछिइन् ।

 जान्नुहोस् उनका जीवनका ७ गल्तीहरुः

 
१. संञ्जय दत्तसँगको प्रेम

सञ्जय दत्त र माधुरी दीक्षित नब्बेको दशकमा सवैभन्दा हट जोडीको रुपमा चर्चित थिए । ‘साजन’ र ‘खलनायक’ जस्ता चलचित्रमा उनीहरुको जोडी निकै नै मन पराइएको थियो । साथै उनीहरुको ‘अफेयर’ को चर्चा पनि उत्तिकै थियो ।

चलचित्रको सेटबाट नै उनीहरुको प्रेम गाढा हुँदै गयो तर माधुरीको परिवारलाई उनीहरुको प्रेम स्वीकार्य भएन र उनीहरुको प्रेमसम्बन्ध छुट्यो ।

२. अनिल कपूरसँगको प्रेम सम्बन्ध

सञ्जय दत्तसँग सम्बन्ध तोडिने वित्तिकै उनको अनिल कपूरसँग को प्रेम सम्बन्धले निकै चर्चा पायो ।अनिल–माधुरीको जोडी पनि निकै नै रुचाइएको थियो ।

३. विनोद खन्नासँग ‘कीस’ सीन

जब माधुरी बलिउडमा नयाँ थिइन् तब उनले चलचित्र ‘दयावान’ मा विनोद खन्नाजस्ता सीनीयर अभिनेतासँग गरेको ‘कीस’ सीनले निकै चर्चा पाएको थियो ।

अहिले जब माधुरी उक्त कुराको याद गर्छिन् त उनलाई निकै नै पश्चाताप हुने बताउँछिन् ।

४. श्रीदेवीसँग विवाद

नब्बेको दशकमा बलिउडमा श्रीदेवीको एकलौटी राज चलिरहेको थियो । त्यहि समय माधुरीको ‘तेजाव’ र ‘राम–लखन’ जस्ता चलचित्रले जबरजस्त सफलताले श्रीदेवीको सिंहासन हल्लाइदियो र यसपछि यी दुई अभिनेत्रीको बीचमा शीतयुद्ध चल्न शुरु भयो ।

५. जुही चावलासँगको विवाद

नब्बेको दशकमा जुही चावला र माधुरी दीक्षित एकै साथ बलिउड छिरेका थिए र सक्रिय पनि थिए । तर यी दुइ एकअर्कासँग प्रतिस्पर्धामा थिए । उनीहरुले एक अर्काको बारेमा कहिल्यै खुलेर केहि भनेनन् तर सञ्चार माध्यममा यी दुईको विवाद बारम्बार चर्चित बनिरह्यो ।

६. म्यागी चाउचाउको विज्ञापन

तपाईलाई थाहा नै होला म्यागी चाउचाउलाई लिएर निकै विवाद भएको थियो । जसको कारण म्यागीमा विज्ञापन गरेकी माधुरीलाई सुचना दिइएको थियो । उत्तर खण्डको ‘एफडीए’ ले असुरक्षित चाउचाउको पुष्टि गर्नको लागि उनलाई आग्रह गरेको थियो ।

७. महाराष्ट्रको ‘ब्राण्ड एम्बेसेडर’ सम्बन्धी विवाद

खबरको अनुसार माधुरी दीक्षितले महाराष्ट्रको पर्यटनका एम्बेसेडर बन्नको लागि गरिएको प्रस्ताव अस्वीकार गरिन् किनकी उनले पैसाको माग गरेकी थिइन् । जसको कारण उनी निकै विवादमा समेत मुछिइन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया