दशैंमा डाक्टरको उपहार स्यानेटरी प्याड

४ बर्ष अगाडि

दशैंको अवसरमा अल्का अस्पत्ताल र क्यान्सर अस्पतालमा कार्यरत डक्टर सञ्जय रीसालले गुल्मीको एउटा विद्यालयका छात्रालाई स्यानेटरी प्याड उपहार दिएका छन् । 

महिनावारी भएको समयमा छात्राहरुले कक्षा छोड्नुपर्ने समस्या आउन नदिन डा. रीसालले पाञ्चायन माध्यमिक विद्यालयलाई स्यानेटरी प्याड उपहार दिएका हुन् । 

जैसिथोक समाज काठमाडौं, महिला समूह मार्फत पठाएका ११० प्याकेट प्याड समूहका अध्यक्ष सविना सञ्जेलले धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजेन्द्र बहादुर थापालाई हस्तान्तरण गरीन् ।

हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थीले पहल गर्ने समाज र उपहार दिने डा. रीसाललाई धन्यवाद दिएका थिए । 

समूहका अध्यक्ष सञ्जेलले आफूले विद्यालयलाई स्यानेटरी प्याड 'भेण्डिङ मेसिन'का लागि पहल गर्ने समेत बताइन् । 

गाउँपालिका अध्यक्ष पाेखरेलले विद्यालका हरेक समस्या समाधानका लागि गाउँपालिका तयार रहेकाे तर विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू शैक्षिक गुणस्तरका लागि लागि पर्न निर्देशन दिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया