विद्युत्को महशुल वृद्धि गर्दै प्राधिकरण, १५ प्रतिशत सम्म वृद्धिको प्रस्ताव

४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणले विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । 

प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष १५ प्रतिशतसम्म महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो। 

नियमन आयोगले विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका २०७६ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो ।

प्राधिकरणले समग्रमा १० देखि १५ प्रतिशत महशुल वृद्धिको प्रस्ताव गर्दै प्राधिकरणको लगानीमा समेत प्रतिफलको सुनिश्चितता गर्न प्रस्ताव पठाएको छ । 

प्रस्तावअनुसार डेडिकेटेड र ट्रॅक लाइनमा दोब्बर अर्थात ६५ प्रतिशतसम्मको महशुल हटाइ २१ देखि २७ प्रतिशतसम्म घटाउन भनिएको छ। 
कारोबार दैनिकबाट

४ बर्ष अगाडि

प्रतिक्रिया