एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो विशेष साधारणसभा

विहीबार, २६ असार २०८२, १३ : ५२

काठमाडौं- एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले सेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ।

हाइड्रोपावरको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले साउन ९ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे विशेष साधारणसभा बस्ने निर्णय गरेको हो।

उक्त साधारणसभाले जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनपछि प्राप्त हुने रकमको खर्च प्रयोजनको सम्बन्धमा छलफल गर्नेछ।

त्यसैगरी साधारणसभाले प्रबन्धपत्रको केही उपदफा संशोधन गर्ने र नियामक निकायबाट निर्देशन प्राप्त भएमा वा आवश्यक परेमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

 
विहीबार, २६ असार २०८२, १३ : ५२

प्रतिक्रिया