भक्तपुर नेकपाको अभेद्य किल्ला भैसक्यो: डिपि ढकाल

४ बर्ष अगाडि

 मंसिर १४ गते हुने उपनिर्वाचनाा नेकपाका तर्फबाट भक्तपुर १(क) का उम्मेदवार डिपि ढकालले भक्तपुर नेकपाको  अभेद्य किल्ला भैसकेको वताए। ढकालले भक्तपुर मा अब नेकपालाई कुनै तागतले पराजित गर्ने नसक्ने दावी गरे।

आज भक्तपुरको कमलविनायकमा अनेरास्ववियू र राष्ट्रिय युवा संघको संयुक्त रुपमा आजोजित चुनावी  सभामा वोल्दै ढकालले आफ्नो जित सुनिश्चित रहेको दावी गरे। ढकालले भने, भक्तपुर १(क)का जनताले नेकपालाई ५ वर्षका लागि जनमत दिएकाले हाम्रो जित सुनिश्चित छ।

चुनावी सभामा नेकपाका युवा नेता एवम् सांसद महेश बस्नेतले भक्तपुरमा नेकपाको विजय यात्रालाई कसैले रोक्न नसक्ने वताए। बस्नेतले भने, भक्तपुरमा अब नेकपा वाहेक कसैले नचिताए हुन्छ ।

चुनावी सभामा अनेरास्ववियूका संयोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङ , युवा संघका सहसंयोजक रमेश पौडेल , नेकपा युवा विद्यार्थी जिल्ला अध्यक्ष रमेश मल्ल , भक्तपुर जिल्ला अध्यक्ष वच्चन देउजा लगायतले चुनावी अभियानमा अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिएका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया