बैंकको भन्दा पनि बढी व्याजदरमा गुडविल फाइनान्सले ऋणपत्र ल्याउँदै

४ बर्ष अगाडि

काठमाडौं – गुडविल फाइनान्सले बाणिज्य बैंकको ऋणपत्रमा भन्दा पनि बढी व्याजदर दिनेगरि ऋणपत्र निष्काशन गर्ने बताए । उक्त फाइनान्सले १२ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गर्ने बताएको छ । 
सामान्यता बाणिज्य बैंकहरूले १० प्रतिशतको हारहारीमा व्याजदर निर्धाराण २ प्रतिशत बढी अर्थात १२ प्रतिशत व्याजदरमा ७ बर्षका लागि ऋणपत्र जारी गर्ने भएको हो । सर्वसाधारणले प्रति इकाई १ हजारका दरले न्यूनतम २५ कित्तासम्ममा आवदेन दिनसक्ने छन् । 
ऋणपत्र निष्काशनका लागि बैंकले एनआईविएल एस क्यापिटललाई प्रवन्धकको रूपमा नियुक्त गरिसकेको छ । यद्यपि, यस संस्थाले ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउन भने बाँकी छ ।
ऋणपत्र निष्काशनका लागि गुडविलले इक्रा रेटिङ एजेन्सीबाट रेटिङ पनि गरिसकेको छ । इक्राले उक्त ऋणपत्रलाई एनपीएल डवल बि ग्रेड प्रदान गरेको  छ, यसले गुडविलको फाइनान्स सुरक्षा मध्यम खालको जनाउछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया