पूँजीबजारमा आम जनतालाई समेट्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘भिजिट नेप्से कार्यक्रम’ शुरु गर्ने भएको छ ।
दोस्रो बजारका बारेमा सर्वसधारणलाई जानकारी दिएर कारोबारमा सहयोग पु¥याउन र चेतना अभिबृद्धि गर्नका लागि नेप्सेले यो अभियान शुरु गर्ने भएको हो ।
कार्यक्रम अन्तर्गत नेप्सेले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई पूँजी बजारका निकाय तथा प्रणालीका बारेमा व्यवहारीक जानकारी दिने छ।
भिजीट नेप्से विद्यार्थी लक्षित कार्यक्रम भएकाले उक्त विषय बुझ्न इच्छुक विद्यार्थी बारे जानकारी लिन सूचना जारी गरिएको नेपाल स्टकका प्रवक्ता मुराहारी पराजुलीले जानकारी दिए ।
उनका अनुसार यो विषय बुझ्न केही कठीनाई हुने भएकाले यस अभियानमा व्यावस्थापन संकायका विद्यार्थीहरुको सहभागीता धेरै हुने अपेक्षा छ ।
यस कार्यक्रममा सहभागी हुन चाहने विद्यालय तथा कलेजले पहिला नै नाम, विद्यार्थी संख्या, तथा ठेगाना सहित नेप्से कार्यलयमा सम्पर्क गर्नु पर्ने हुन्छ । त्यसपछि विद्यालय र कलेजको लिस्ट तयार पारेर नेप्से कार्यलय बोलाई उक्त विषयमा प्रशिक्षण दिइने छ ।
‘हामी विद्यार्थीलाई समय उपलब्ध गराई बोलाएर सेमिनार हलमा नेप्सेको काम बारे बुझाउने र विभिन्न शाखाहरुको अवलोकन समेत गराउने छौँ’, आजको अर्थसगँ कुरा गर्दै पराजुलीले भने ‘कलेजहरुमा विद्यार्थीहरुलाई सैद्धान्ति ज्ञान मात्र दिने भएकाले यो अभियानका माध्यमबाट विद्यार्थीहरु सैद्धान्तिक ज्ञान व्यवाहारीक रुपमा कसरी प्रयोग गर्नु पर्छ भन्ने बारे धेरै कुरा बुझ्नेछन् ।’
नेप्सले सूचना प्रवाह गरेपछि विभिन्न शैक्षिक संस्थाहरुबाट कार्यक्रमा सहभागी हुन नेप्से कार्यलयमा चिठी आउन थालसिकेको कार्यालयले जनाएको छ ।
एकै पटक सबै तिरबाट विद्यार्थी आउँदा समस्या हुने भएकाले शुरुमा इच्छुक संस्थाले नेप्सेमा चिठी पठउनु पर्ने हुन्छ । र त्यही चिठीमा समावेश गरिएको विद्यार्थीको संख्या लाई आधार मान्दै संस्थाले प्रशिक्षण दिने छ । पराजुलीका अनुसार विद्यार्थीहरु शैक्षिक भ्रमणका रुपमा नेप्से कार्यलय आएर पनि पूँजीबजारका बारेमा जानकारी लिन सक्ने छन् ।
अहिले व्यवस्थापन संकायको कोर्षमा अन्तर्राष्ट्रिय स्टक मार्केटका बारेमा धेरै कुरा समावेश गराइएको भएपनि नेपाली स्टक मार्केट बारे विधार्थीहरुमा त्यती ज्ञान हुँदैन । ‘तर यो कार्यक्रमले नेपालको स्टक मार्केट बारे ‘फिल्ड भिजिट’ गरेपछि उनीहरुलाई धेरै कुरा थाहा हुनेछ’, पराजुलीले भने ‘यो तुरुन्तै प्रभाव मिल्ने कुरा होइन हामीले सैद्धान्तिक ज्ञान मात्र भएका विद्यार्थीलाई व्यवाहारिक ज्ञान दिन खोजेका हौंं ।’
नेप्सेको यो कार्यक्रम नयाँ भने हाईन । पराजुलीका अनुसार नेप्सेले केही वर्ष अगाडी पनि यस प्रकारको कार्यक्रम संचालनमा ल्याएको थियो । ७२ सालको भुकम्प पश्चात रोकीएको सो कार्यक्रम अब ब्यापक ढंगबाट अगाडी लैजान लागिएको हो ।
केही वर्ष देखी निरन्तर ओरालो यात्रामा रहेको पूँजी बजार र यस प्रति बढ्दै गएको आम जनमानसको अविश्वाशका माझ नेप्सेले ल्याउन लागेको यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।