प्रहरीको चौथो पेट्रोल पम्प चितवनमा

४ बर्ष अगाडि

भरतपुर महानगरपालिका–२ स्थित बाइपास रोडमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ । नेपाल प्रहरीको कल्याण कोषले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । 

कोषका सदस्य–सचिव वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार जुनियर प्रहरी अधिकृत शिक्षालयसँगै करीब छ कठ्ठा जमिनमा निर्माण गरिएको पम्प गत साताबाट सञ्चालनमा आएको हो । पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पबाट पेट्रोल र डिजल बिक्री वितरण गरिएको छ । 

तामाङका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने उहाँले जानकारी दिए। कोषले काठमाडौँको नक्साल, सामाखुसी र पथलैयामा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया