काठमाडौं– केही दिनयता सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायबाट हराएको भनिएको सरकारी गाडी मन्त्रालय परिसरमै भेटिएको छ ।
प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी हराएको भन्दै श्रम मन्त्रालयले गृह मन्त्रालयलाई खोजीदिन पत्राचार समेत गरेको थियो । तर गाडी भने श्रममन्त्री रहेका शरतसिंह भण्डारीको पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रयोग गरेको पाइएको छ ।
स्रोतका अनुसार श्रममन्त्री शरतसिंह भण्डारीले नै उक्त सरकारी गाडी पार्टी अध्यक्ष महन्त ठाकुरलाई प्रयोग गर्न दिएका थिए । यता गृहमन्त्रालयमा भने उनैले गाडी हराएको भन्दै खोजीदिन पत्राचार गरेका थिए ।
चौतर्फी हल्लाखल्ला भएपछि उक्त गाडी लोसपा अध्यक्ष महन्थ ठाकुरका सहयोगीले श्रम मन्त्रालयको पार्किङमा लगेर छाडेका थिए । अहिले उक्त गाडी मन्त्रालय परिसरमा रहेको छ ।
प्रतिक्रिया