अमेरिकाले नेपाल प्रहरीलाई दियो पोलिग्राफ परीक्षण कक्ष र नेटवर्किङ उपकरण

मंसिर १७, २०७६ | आजको अर्थ
ajaako_artha

अमेरिकाले नेपाल प्रहरीलाई अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष र नेटवर्किङ उपकरण दिएकाे छ । 

गण्डकी प्रदेश कार्यालय पोखरा,कर्णाली प्रदेश कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रौतहटमा तयार गरेको अत्याधुनिक पोलिग्राफ परीक्षण कक्ष र  नेटवर्किङ उपकरण  नेपालका लागि अमेरिकी दुतावासले नेपाल प्रहरीलाई आज हस्तान्तरण गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक कार्ल ए रिशिमले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।नेपाल प्रहरीलाई पोलिग्राफ प्रविधिको शुरुआतदेखि नै यसको विकासका लागि अमेरिकी राजदूतावासबाट आर्थिक, प्राविधिक तथा भौतिक सहयोग प्राप्त हुँदै आएको छ ।

अहिलेसम्म अमेरिकी राजदूतावासले पोलिग्राफ उपकरणसहित नेपाल प्रहरीका ३९ प्रहरी अधिकृतलाई पोलिग्राफ परीक्षक आधारभूत तथा उन्नत तालिमको व्यवस्था,११ स्थानमा सुविधासम्पन्न पोलिग्राफ परीक्षण कक्ष तयार गर्नाका साथै पोलिग्राफ परीक्षकहरुलाई आवश्यक पर्ने अन्तर्राष्ट्रियस्तरको सदस्यता प्रदान तथा नवीकरणको व्यवस्थासमेत गर्दै आएको छ ।

यसैगरी,अमेरिकी राजदूतावासले जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी (पूर्व), जुम्ला,कालीकोट,डोटी र बाजुराका लागि जोडिएका विभिन्न नेटवर्किङ उपकरण सहयोग गरेको हो ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूतावासका प्रबन्धक रिशिमले प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुनिलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।   

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८