टिकटक विरुद्ध अमेरिकामा मुद्दा

४ बर्ष अगाडि

चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिका विरुद्ध टिकटक चोरी आरोपमा मुद्दा चलाएको छ । 

कम्पनीले प्रयोगकर्ताको डेटा उच्च मात्रामा चीन स्थानान्तरण गरेको भन्दै टिकटकमाथि अमेरिकामा सामूहिक मुद्दा दर्ता गरेको हो । कम्पनीले प्रयोगकर्ताको स्वीकृति बिना नै जानकारीहरु चोरेको आरोप मुद्दामा लगाइएको छ ।

टिकटकले गोप्य रुपमा भारी परिमाणमा निजी र व्यक्तिको पहिचान खुल्ने खालका प्रयोगकर्ता डेटा थेपारेर चीन पठाएको छ,गत हप्ता क्यालिफोर्निया अदालतमा दायर भएको मुद्दामा भनिएको छ । डेटाले प्रयोगकर्ताको पहिचान,प्रोफाइल खुल्न सक्ने र यसले अमेरिकी प्रयोगकर्तालाई अहिले र भाविष्यमा समेत पछयाउने समेत सक्ने आरोप मुद्दामा लगाइएको छ । 

डेटा चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र अनलाइन कम्पनी अलिबाबा समर्थित दुई सर्भरमा पठाइएको बताइएको छ । टिकटकलेगोप्य रुपमा निजी डेटा संकलन गरेर उपभोक्ता लक्षित विज्ञापनमा प्रयोग गरी निकै धेरै आम्दानी र मुनाफा कमाएको आरोप समेत मुद्दामा छ । यस विषयमा कम्पनीले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । 

अमेरिकामा टिकटक निकै लोकप्रिय छ । यो चिनियाँ इन्टरनेट प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप हो । विश्वभर टिकटकमा ५० करोड भन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेको बताइएको छ । 

अमेरिकी प्रयोगकर्ताको डेटा भने चिनियाँ सर्भरमा स्टोर नगरिएको यस अघि नै कम्पनीले बताएको थियो । डेटा संकलन र सेन्सरसिप सम्बन्धी विषयमा कम्पीनले पछिल्लो समय उत्तर अमेरिका निकै दबाबको सामना गरिरहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया