लगानीको अवसर जुट्दै, रू. १३ अर्ब बराबरको ऋणपत्र पाइपलाइनमा

४ बर्ष अगाडि

काठमाडौं – नेपाल धितापत्र बोर्डमा करिब १३ अर्ब बराबरको डिभेन्चर (ऋणपत्र) स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । बोर्डकाअनुसार बिभिन्न ७ बैंक तथा वित्तिय संस्थाका १ करोड २९ लाख ५० हजार युनिट अर्थात रू. १२ अर्ब ९५ करोड बराबरको ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
कुल युनिट मध्ये ५१ लाख ८० हजार युनिट सर्वसाधारणको लागि छुट्टाइएको छ । बाँकी रहेको ७७ लाख ७० जजार युनिट डिभेन्चर निजी प्लेसमेन्टका लागि छुट्टाइएको छ । एक युनिटको मुल्य एक हजार तोकिएको हुन्छ । 
बार्डकाअनुसार कृषि विकास बैंक, सिटिजन बैंक, गुडविल फाइनान्स, नविल बैंक, नेपाल एसबीआई बैंक, आईसीएफसी फाइनान्स र कुमारी बैंकको डिभेन्चर पाइपलाइनमा छ । यी मध्ये कुमारी बैंकले सबैभन्दा ठुलो मात्रामा डिभेन्चर ल्याउन लागेको देखिन्छ । कुमारी बैंकको रू. ३ अर्ब बराबरको डिभेन्चर पाइपलाइनमा देखिन्छ । 
व्याजदरको हकमा बैंक तर्फ कृषि विकास बैंकको धेरै छ । कृषि विकास बैंकले १०.३५ प्रतिशत व्याजदरमा डिभेन्चर जारी गर्ने बताएको छ । फाइनान्स तर्फभने दुवै कम्पनीले १२÷१२ प्रतिशत व्याज दिने भनेका छन् । 
चालु आवको मौद्रिक नीति अनुसार बैंकहरुले आफ्नो चुक्तापुँजीको २५ प्रतिशत बराबरको अनुपातमा डिभेन्चर निष्काशन गर्नुपर्ने हुन्छ, सोही नीति अनुसार चालु आवमा बैंकहरुले डिभेन्चर जारी गर्न तयारी गरिरहेका छन् ।
डिभेन्चर भन्नाले बैंक तथा सम्बन्धीत कम्पनीले जनता तथा कुनै कम्पनीहरुसँग ऋण माग्ने माध्यम हो । उनीहरुले व्याजमा यसरी ऋण लिएर तरलता बढाउने तथा बिभिन्न क्षेत्रमा लगानी गर्छन । सोही लगानीबाट उनीहरुले नाफा कमाउन सक्छन् ।
बैंकिङ क्षेत्रमा जतिसुकै समस्या आएपति डिभेन्चरको व्याजदरमा कुनै परिवर्तन गर्न भने पाइने छैन । निक्षेपको व्याजदर थपघट भइरहने भएकाले र शेयर बजार पनि घटी रहेकाले पछिल्लो समय आम मानिसहरू डिभेन्चर तिर पनि आर्कषित हुँदै गएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया