कांग्रेस बन्यो आक्रामक, न्यायपालिकामाथि प्रहार भयो

५ बर्ष अगाडि

काठमाडौँ–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायालयको स्वच्छता, निष्पक्षता र प्रभावकारितालाई निस्तेज तुल्याउने काम नगर्न सुझाव दिएको छ । 

नेपाली काँग्रेस संघीय संसदीय दलको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृतको विषय व्यक्तिको नभई न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको जनाएको छ । 

प्रधानमन्त्री स्वयंबाट प्रस्तावित प्रधानन्यायाधीशको नाम विधिपूर्वक योग्यताका आधारमा संसदीय सुनुवाइका लागि पठाएकामा प्रधानमन्त्रीकै पार्टीको ह्विपले त्यो निर्णय उल्टाइएको आरोप लगाउँदै काँग्रेसले यसबाट न्यायालयको निष्पक्षता र स्वतन्त्रतालाई बढ्ता नै प्रभाव पार्ने काम भएको टिप्पणी गरेको हो । 

बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिपक्षले राखेका तर्क र आधारलाई अस्वीकार गर्दै सुनुवाइ समितिबाट भएको निर्णय व्यक्तिको अस्वीकृत होइन, संस्थामाथि प्रहार भएको आरोप लगाए । 

उनल ेभने, “सुनुवाइ समितिको निर्णयलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिएको छ, यसको हामी विरोध गर्दछौँ, यो मुद्दालाई हामी संसद्मा उठाउँछौँ, विज्ञ र दलभित्रको छलफलपछि जनताको साथ लिएर अघि बढ्छौँ ।” 

५ बर्ष अगाडि

प्रतिक्रिया