अस्ट्रेलियाको डढेलोको धुवाँ विश्वभरी, पृथ्वीको एक चक्कर पूरा गरेर पुुनः अस्ट्रेलिया पुग्दै

पुस २९, २०७६ | आजको अर्थ
ajaako_artha

अस्ट्रेलियाको भयङ्कर डढेलोको धुवाँले चाँडै पृथ्वीको एक चक्कर पूरा गरेर पुनः अस्ट्रेलिया पुग्न लागेको अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)ले जनाएको छ ।

अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रभरी महिनौँदेखि जारी डढेलोले भीषण रूप लिँदा त्यसको धुवाँ प्रशान्त महासागरको आकास हुँदै अघि बढेको थियो । 

नासाका अनुसार अस्ट्रेलियाबाट निस्किएको धुवाँ दक्षिण अमेरिकाको आकासमा पुगिसकेको छ जसले गर्दा त्यस क्षेत्रको आकास अहिले कुहिरीमण्डल छ । 

नासाका अनुसार जनवरी ८ भित्रै धुवाँ पृथ्वीको आधा भाग पुगिसकेको थियो । 

‘अस्ट्रेलियाको धुवाँले विश्वको कम्तीमा एक चक्कर लगाउने आँकलन छ,’ अमेरिकाको सरकारी अन्तरिक्ष एजेन्सीले बतायो । 

अस्ट्रेलियाका डढेलोमा हालसम्म २८ व्यक्तिको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी घर नष्ट भएका छन् । 

विज्ञका अनुसार जलवायु परिवर्तनका कारण डढेलोको स्तर र तीव्रता बढेको छ । 

धुवाँले कसरी विश्वको चक्कर लगायो ?

नासाका अनुसार पछिल्लो डढेलोको ज्वाला यति ठूलो थियो कि त्यसको ‘असाधारण ठूलो’ ज्वालाले मेघयुक्त आँधी सिर्जित गरायो । 

यसले धुवाँलाई वायुमण्डलको माथिल्लो भाग ‘स्ट्राटोस्फेयर’ सम्म पुर्‍यायो । केही त १७.७ किमिको उचाइसम्म माथि पुगेको थियो । 

‘स्ट्राटोस्फेयर पुगेका धुवाँ हजारौँ किमि टाढासम्म यात्रा गर्न सक्छन् । यसले विश्वभरको वायुमण्डलीय अवस्थालाई असर पुर्‍याउन सक्छ,’ नासाले बतायो । 

नासा अहिले त्यस उचाइमा पुगेको धुवाँले ‘वायुमण्डलमा पुर्‍याउने ठण्डा वा न्यायो असरबारे निश्चित गर्न’ अध्ययन गरिरहेको छ । 

अस्ट्रेलियाको पूर्वी क्षेत्रमा अझै पनि सयभन्दा धेरै स्थानमा डढेलो लागिरहेको छ । तथापि पछिल्लो केही दिनमा बढेको चिसो र वर्षाको पूर्वानुमानमाझ अग्नि नियन्त्रणको प्रयासमा आशा बढेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११३.७३११४.३३
European Euro१२६.१७१२६.८४
UK Pound Sterling१४९.२७१५०.०६
Swiss Franc११७.४३११८.०४
Australian Dollar७८.११७८.५२
Canadian Dollar८६.४३८६.८९
Singapore Dollar८४.२९८४.७३