संसद बैठक

सोविता गौतमको जवाफ : सांसदहरूको नेपाली भाषा बुझाइमा समस्या रहेछ

बुधबार, २५ असार २०८२, १३ : ४५

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको धारणा नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा धारणा राख्दै सांसद गौतमले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री गएको कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको बताइन् । 

उनले भनिन्,‘मेरो भनाइ रेकर्डबाट किन हटाउने रु सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउन पर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ त्यो मेरो समस्या होइन ।’

 

 

 
बुधबार, २५ असार २०८२, १३ : ४५

प्रतिक्रिया