काठमाडौं- सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले रास्वपा सांसद सोविता गौतमको अभिव्यक्तिको जवाफ फर्काएकी छन् ।
उनले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद सोविता गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली भाषा पढाउन तयार रहेको बताइन्।
उनले भनिन्, ‘तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित हुँदैन । राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ । तपाईँलाई भाषाको ज्ञान र परिभाषा सिकाउन पर्यो भने हामी तयार छौँ । तर हेक्का पुर्याएर बोल्नुस् ।’
रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे दिएको अभिव्यक्ति एमाले सांसदहरुले नबुझेको भन्दै नेपाली भाषा बुझाइमा समस्या रहेको बताएकी थिइन् ।
प्रतिक्रिया