पुनः निर्माणका लागि विश्व बैंकले थप २ अर्ब ऋण सहयोग

माघ १, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं । विश्व बैंकले भूकम्प पछिको पुनः निर्माणका लागि थप रु २ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले भूकम्प पछि भत्किएका घर तथा आवास निर्माणका लागि उक्त ऋण रकम स्वकिृत गरेको हो ।

भूकम्पका कारण प्रमुख रुपमा प्रभावित १४ र कम प्रभावित १७ जिल्ला गरी कूल ३१ जिल्लामा भइरहेको पुनः निर्माणको सहयोगका लागि उक्त ऋण स्वीकृत गरेको हो ।  

भुकम्पले कुल ८ लाख ६ हजार ६८० घर तथा आवास भत्काएको थियो । भूकम्पका कारण नेपालको कूल ग्राहस्थ उत्पादनको ३५ प्रतिशत प्रभावित पारेको थियो । प्रभावित भएका संरचनाको पुनः निर्माणका लागि मात्रै करिब ७ खर्ब बराबरको बजेट आवश्यक पर्ने पुनः निर्माण प्राधिकरणले जनाएको छ ।

विश्व बैंकले यसअघि नै रु ३ अर्बसहयोग गरिसकेको उल्लेख गर्दै थप सहयोगले ९६ हजार नयाँ घर बन्ने विश्वास व्यक्त गरेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.००११४.६०
European Euro१२५.६६१२६.३२
UK Pound Sterling१४९.१८१४९.९७
Swiss Franc११७.५६११८.१८
Australian Dollar७७.२१७७.६२
Canadian Dollar८६.४७८६.९३
Singapore Dollar८४.०४८४.४८