यी हुन् बीमा समितिको निर्देशन नमान्ने बीमा कम्पनीहरु (प्रमाणसहित)

४ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले गत मंसिर २२ गते नेपाल भम्रण बर्ष २०२० को प्रवद्र्धन सम्बन्धमा एक परिपत्र जारी गरेको थियो । समितिले बीमा कम्पनीहरुलाई बिभिन्न निर्देशन दिदैं ८ बुँदे उक्त परिपत्र जारी गरेको थियो । 
उक्त परिपत्रको पहिलो बुँदामा बीमा कम्पनीहरुले भ्रमण बर्षको प्रवद्र्धन गर्न आफ्नो आधिकारीक वेवसाइटमा भ्रमण बर्षको लोगो र लिंक राख्नुपर्ने भनिएको थियो । तर, केही बीमा कम्पनीले उक्त निर्देशनको अवज्ञा गर्दै आफ्नो वेवसाइटमा भ्रमण बर्षको लोगो नराखेको पाइएको छ ।
नेपालमा एक पुनर्बीमा, १९ जीवन र २० जिर्नीवन बीमा कम्पनी छन् । त्यी मध्ये २ निर्जीवन, ६ जीवन बीमा कम्पनीले आफ्नो वेवसाइटमा भ्रमण बर्षको लागो राखेका छैनन् । हामीले यो बिषयमा अध्ययन गर्न नेशनल इन्स्योरेन्सको वेवसाइट भने खुल्न सकेन । 
निर्जीवन बीमा कम्पनीतर्फ लुम्बिनी जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वेवसाइटमा भ्रमण बर्षको लोगो राखेका छैनन् । यस्तै, जीवन बीमा कम्पनी तर्फ एलआईसी नेपाल, गुराँस लाइफ, मेट लाइफ,  रिलायबल नेपाल लाईफ, सानिमा लाइफ र सन नेपालले भ्रमण बर्षको लोगो वेवसाइटमा राखेका छैनन् । तर, बीमा समितिले यो बिषयमा केही गर्न सकेन । बीमा समितिले निर्देशन जारी गरेर मौन बसेको छ, त्यसको फ्लोअप नगरेको देखिन्छ ।

यस्तो थियो बीमा समितिको निर्देशन

वेवसाइटमा भ्रमण बर्षको लोगो नराख्ने कम्पनीहरु

गुराँस लाइफ​

एलआईसी नेपाल

लुम्बिनी जनरल

मेट लाइफ

प्रुडेन्सियल

रिलयावल नेपाल लाइफ

सानिमा लाइफ

सन नेपाल लाइफ

भ्रमण बर्षको लागो राखेको एक कम्पनीको नमुना

नेपाल लाइफ


 

४ बर्ष अगाडि

प्रतिक्रिया