साताको अन्तिम दिन सेयर बजार ९ अंकले बढ्यो

५ बर्ष अगाडि

सेयर बजारको परिसूचक बिहीबार ९ अंकले बढेको छ।

साता कारोबारको अन्तिम दिन ९. ३९ अंकले बढेर परिसूचक ११८१ अंकमा कायम भएको छ।

यस दिन १६७ कम्पनीको २१ करोड रुपैयाँ बराबरको कारोबार भयो। जसमा एनआइसी एसिया बैंकको मात्रै २ करोडको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स तथा इन्भेष्टमेन्ट बैंक संस्थापक समूहको क्रमशः १ करोड ६५ लाख र १ करोड ४८ लाख रुपैयाँको कारोबार भयो।

यस दिन होटलबाहेकका सबै समूह बढेका छन्। होटल २ अंकले घट्यो। बैंकिङ ९, विकास बैंक ७, जलविद्युत ५, फाइनान्स १, निर्जीवन बीमा ६२, उत्पादन ८, अन्य ६, माइक्रोफाइनान्स १४ तथा जीवन बीमा समूह २६ अंकले बढे।

समग्र बजार बढेका बेला धेरै मूल्य कमाउनेमा नाडेप लघुवित्तका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ८.८ प्रतिशतले बढ्यो। स्वदेशी लघुवित्तको मूल्य ५.७ प्रतिशतले बढ्यो। सप्तकोसी विकास बैंकको मूल्य ३.४ प्रतिशतले घट्यो।

५ बर्ष अगाडि

प्रतिक्रिया