आशा लघुवित्तले डाक्यो साधारणसभा

शुक्रबार, १४ बैशाख २०८१, १२ : ०४

काठमाडौँ - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको व्यवस्था भने गरेको छैन ।कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले जेठ ९ गते काभ्रेपलान्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २४ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख २३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

 

शुक्रबार, १४ बैशाख २०८१, १२ : ०४

प्रतिक्रिया