किन बढ्ने भयाे निगमको मासिक घाटा ? ६४ करोड पुग्ने

५ बर्ष अगाडि

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ । 

गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए ।  सेप्टेम्बर १ मा आइओसीबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार समग्रमा निगमलाई १५ दिनमा करीब रु ३१ करोड ५९ लाख घाटा हुने देखिन्छ । 

अमेरिकी डलरसँग नेपाली मुद्राको लगातारको अवमूल्यनले गर्दा शतप्रतिशत आयात मात्र गर्ने निगमको घाटा ह्वात्तै बढ्ने भएको हो । कच्चा तेलको प्रतिब्यारेल मूल्य एक अमेरिकी डलर बढ्दा निगमलाई करीब रु १७ करोड अतिरिक्त भार पर्ने गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो । अमेरिकी डलरको सटही दरमा एक रुपैयाँ बढ्दा पनि निगमलाई मासिक रु १५ करोड थप भार पर्छ । 

केही दिन अघिको कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्यमा करीब १० प्रतिशतले वृद्धि भई हाल कच्च तेलको मूल्य ७७ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया