आजदेखि पोखरा र हेटौडामा पनि कोरोना परिक्षण शुरु, भोलीदेखि सातै प्रदेशमा

४ बर्ष अगाडि

आजदेखि सरकारले पोखरा र हेटौडाबाट पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु गरको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशबाट परिक्षण गर्ने प्रकृया अगाढि बढाएसँगै आजदेखि पोखरा र हेटौटाबाट परिक्षण शुरु भएको हो । 

यसअघि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण सुरु भएको थियो । 

सरकाले देशका सातवटै प्रदेशमा मंगलबार परिक्षण गर्ने मेसिन पठाएको थियो । त्यसमध्ये धनगढी, सुर्खेत, बुटवल र जनकपुरमा मेसिन राख्ने काम भैरहेकोले सकेसम्म आज नभए भोलीदेखि परिक्षण शुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । 
उनका अनुसार अहिले धरानमा दैनिक १२ जनाको नमुना परीक्षण भईरहेको छ । 

गण्डकी प्रदेशको पोखराबाट  अहिलेसम्म तीनवटा नमुना परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । 

प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै नमुना परीक्षणका लागि पोर्टेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री र जनशक्ति पठाइसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया