३३ किलो सुनकाण्डका आरोपी एसएसपी लोहनी थुनामुक्त

५ बर्ष अगाडि

काठमाडौं–चर्चित साढे ३३ किलो सुन तस्करी र सनम  हत्या प्रकरणमा मुछिएका  प्रहरी एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । 

शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । 
जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो । 

एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखाका प्रमुख थिए । 
सुन तस्करी प्रकरणमा ६० भन्दा बढी पक्राउ परेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया